“निशाको निशानी”


१)

नबोली म बसुँ भने कुरा साँची भन्छन्

दु:खभित्र मुस्कुराउँदा किन हाँसी भन्छन्

कति सहुँ पीर, व्यथा, चिन्ता अनि दर्द

सहन्न अब बोल्छु भन्दा पोथी बासी भन्छन् !


२)

तिम्रै छायाँ वरिपरि आउँछ किन होला ?

सम्झना नि घरिघरि आउँछ किन होला ?

व्यस्त हुन्छु भन्ने कुरा जान्दाजान्दै पनि

मनमा कुरा थरि-थरि आउँछ किन होला ?


शारदा पौडेल ‘निशा’ को मुक्तक सङ्ग्रह ‘निशाको निशानी’ बाट साभार

……………………………………………………………………

…………………………………………………………………………..

…………………………………………………………………………………

………………………………………………………………………………………..