सधैँ, ऊ मुस्कुराइरहेको भित्ताको तस्विर हेरेर जल्छ ।
अनि रगतको सट्टा – धुवाँका मुस्लाहरु ओकल्छ ।
म पनि त त्यहि दिन मरिसकें, जुन दिन उसले धर्ती छोडी
तर नि डाक्टर, यो मुटु अझै कसका लागि चल्छ !?? 🤕
बिछोडको पिडा बल्ल बोक्न पर्ला जस्तो छ
अब झन् कडा निर्णय ठोक्न पर्ला जस्तो छ
चाहिनेभन्दा धेरैनै चलेको जस्तो लागे मुटु
औषधी दिएर भएपनि रोक्न पर्ला जस्तो छ 😂
बरु,
उसको जीवन फिर्ता ल्याउने, औषधी पो पाइन्थ्यो कि !
फेरी मुटु धड्काउने, औषधी पो पाइन्थ्यो कि !
ज्यूँदा मान्छे मार्ने खालका औषधी त धेरै भेटें
मरेकालाई बचाउने, औषधी पो पाइन्थ्यो कि !!
नौनी मनमा दुई चार ढुंगा हुलेर चल्न सिक
फराकिलो मन बनाउदै खुलेर चल्न सिक
जे जति घटना घटे सबै सपना झै सम्झेर,
भविष्य सोच बरु, अतित भुलेर चल्न सिक
जितेर एक्लोपनलाई, समाजमा, घुल्न सकेको भए !!
यहाँ सम्म किन आउथें !? (त्यति) सजिलै भुल्न सकेको भए !!
जलाएर खरानी बनाइसक्थेँ ; अलिकति मट्टीतेल र…
एक भारी दाउरा, मुटुभित्र हुल्न सकेको भए !!!
सम्हाली आफैँलाई पिडा थमाउन सिक अब ।
गाह्रो भए साथिको हात समाउन सिक अब ।
दुर्इ-चार दिन ब्यस्त बस, सबैकुरा साम्य हुन्छ..
आफूसँग जे छ त्यहीसँग रमाउन सिक अब ।
जे गरे’नि मान्दैन मन्, खै कसरि फुल्याउँ अब !!
साथी पनि छैनन् मनका पीडा कसलाई सुनाउँ अब !
बाँकी छ त यहि एउटा जलिरहने मुटु मात्र ….
भन्नुहुन्छ – यसैलाई हेरेर चित्त बुझाउँ अब !!?? 😭
उसलाई भुल्न अब अर्को कदम चाल बरु
कि उसलाई मुटुबाट नत्र मुटु नै फाल बरु
त्यसको उपचार अब यसरी सम्भव छैन…..,
दमकल बोलाउ,अनि आगो निभाउन थाल बरु 😂😂
Reblogged this on and commented:
मुक्तक
LikeLike
Reblogged this on The Nepali Literature.
LikeLike